केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्सामा पक्राउ

हिमाल प्रेस ९ पुष २०८२ १६:१७ | Wednesday, December 24, 2025
26
SHARES
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्सामा पक्राउ

पर्सा- जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट भागेका दुई जना कैदी पक्राउ परेका छन्। पर्सा प्रहरीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा भागेका दुई जना कैदीलाई मंगलबार पक्राउ गरेर वीरगन्ज कारागारमा बुझाएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता राजु कार्कीले विशेष सूचनाको आधारमा केन्द्रीय कारागारबाट भागेका दुई जना कैदीलाई पक्राउ गरिएको जानकारी दिए।

बाराको विश्रामपुर गाउँपालिका-२५ का प्रदेशी भन्ने सुदामा पासवान केन्द्रीय कारागार कार्यालय काठमाडौँमा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद भुक्तान गरिरहेकामा जेनजी प्रदर्शनका क्रममा भागेका थिए।

त्यसैगरी, गत भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका बारा परवानीपुर गाउँपालिका-२ का विवेकलाल साह कानुलाई पनि पक्राउ गरेर वीरगन्ज कारागार बुझाएको छ।

उनी उच्च अदालत पाटन इजलास हेटौँडाको आदेशले रु ५० हजार धरौटी तिर्न नसकी केन्द्रीय कारागार चलान भएका कैदी हुन्।

प्रकाशित: ९ पुष २०८२ १६:१७ | Wednesday, December 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast