शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

हिमाल प्रेस १२ पुष २०८२ २१:२५ | Saturday, December 27, 2025
14
SHARES
शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। पछिल्लो एक सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले आइतबार र सोमबार दुई दिन थप बिदा दिने निर्णय गरेको हो।

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै दुई दिन बिदा दिएको जानकारी दिए। ‘वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा गरिएको हो,’ उनले भने।

महानगरले यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई बिदा दिएको हो। आगामी पुस १६ गतेदेखि विद्यालय फेरि सञ्चालनमा आउने जनाइएको छ।

प्रकाशित: १२ पुष २०८२ २१:२५ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast