राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट, निर्वाचनबारे छलफल

हिमाल प्रेस ८ पुष २०८२ १६:४४ | Tuesday, December 23, 2025
20
SHARES
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट, निर्वाचनबारे छलफल राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बोलाएको बैठकमा सहभागी प्रधानमन्त्री सुशीला कार्की, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, 'प्रचण्ड' नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली। तस्बिर स्रोत : राष्ट्रपतिको कार्यालय

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।

शीतल निवासमा भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।

उनीहरूबीच आगामी निर्वाचनका साथै समसामयिक विषयमा छलफल जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। जेनजी आन्दोलनपछि उनीहरूबीच भएको यो पहिलो भेट हो।

प्रकाशित: ८ पुष २०८२ १६:४४ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast