पाल्पाको चिउरीवासमा जिप दुर्घटना, तीनको मृत्यु

हिमाल प्रेस २६ मंसिर २०८२ १३:१४ | Friday, December 12, 2025
14
SHARES
पाल्पाको चिउरीवासमा जिप दुर्घटना, तीनको मृत्यु

पाल्पा- पाल्पाको निस्दी गाउँपालिका-४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्।

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो।

दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए। उनका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन।

दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीको भनाइ छ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

प्रकाशित: २६ मंसिर २०८२ १३:१४ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast