पेटभित्र राखेर लागुऔषध तस्करी, तीन विदेशी समातिए

हिमाल प्रेस ११ पुष २०८२ ५:५२ | Friday, December 26, 2025
12
SHARES
पेटभित्र राखेर लागुऔषध तस्करी, तीन विदेशी समातिए

काठमाडौँ- नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ। एक जनाको भने पेटभित्रबाट लागुऔषध निकालिएको ब्युरोका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए।

हवाईमार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा लागुऔषध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका तीन जना विदेशी नागरिकलाई लागुऔषध कोकिनसहित पक्राउ गरिएको उनले बताए।

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौँ आएकी थाई नागरिक ४० वर्षीया रुसानी कामालाई विशेष स्रोतबाट प्राप्त सूचनाका आधारमा सिनामंगलस्थित एक होटलमा फेला पारी खानतलासी गर्दा १२ वटा प्लाष्टिक कोटेट क्याप्सुलभित्र लागुऔषध कोकिन बरामद गरिएको थियो।

सहायक प्रवक्ता निरौलाले भने,‘थप अनुसन्धानका सिलसिलामा उनले मुखबाट निलेर पेटभित्र लुकाइ ल्याएको अन्य २९ वटा क्याप्सुलसमेत निकालियो, अस्पतालमा स्वास्थ्यकर्मीको सहयोगबाट उक्त क्याप्सुल निकाएिको छ, उनीसँग रहेको ४१ प्लाष्टिक कोटेट क्याप्सुल लागुऔषधको तौल ५५० ग्राम रहेको छ।’

उनले यस्तै लाओसबाट सिंगापुर हुँदै काठमाडौँ आएका भारतीय नागरिक ५५ वर्षीय जेभिएरलाई निगरानी गर्दै जाने क्रममा काठमाडौँको सिनामंगलस्थित सडकबाट पक्राउ गरिएको जानकारी दिए।

उनको साथमा रहेको सुटकेस रिसिभ गर्न आएका अर्का भारतीय नागरिक २१ वर्षीय मुर्सलिन हुसेनलाई समेत पक्राउ गरिएको छ। उनीहरूमाथि खानतलासी गर्दा उक्त सुटकेसभित्र रहेको कफीको प्याकेटमा लुकाइराखेको अवस्थामा लागुऔषध कोकिन तीन किलो ७५० ग्राम रहेको पनि सहायक प्रवक्ता निरौलाले बताए।

ब्युरोले उनीहरूलाई बिहीबार अदालतमा पेस गरिएकामा अदालतबाट म्याद थप भई अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

प्रकाशित: ११ पुष २०८२ ५:५२ | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast