काठमाडौँ- नेपालमा आजदेखि तीन विदेशी फिल्म प्रदर्शनमा आएको छ। बलिउडकाे ‘तू मेरी मैं तेरा मैं तेरा तू मेरी’, हलिउडकाे ‘एनाकोन्डा’ र ‘द स्पन्जबब मुभी’।
फिल्म ‘तू मेरी मैं तेरा मैं तेरा तू मेरी’ मा कार्तिक आर्यन र अनन्या पाण्डेको मुख्य भूमिकामा छन्। प्रेम कथामा आधारित फिल्ममा एड्भेन्चर, कमेडी, रोमान्स जनरामा बनेको छ। फिल्मका निर्देशक समिर विद्धांस हुन्।
हलिउड फिल्म ‘एनाकोन्डा’ एक्सन, कमेडी, हररजनरामा बनेको छ। फिल्ममा टम गोर्मिकन, पल रुड, ज्याक ब्ल्याक, स्टीव जान, थान्डीवे न्युटनलगायत कलाकारको अभिनय छ।
अर्को हलिउड फिल्म ‘द स्पन्जबब मुभी’ एनिमेटेड, एड्भेन्चर र कमेडी जनरामा बनेको छ। फिल्म ‘स्पन्जबब स्क्वायरप्यान्ट्स’ नामक टिभी श्रृंखलामा आधारित छ। डेरेक ड्राइमनले निर्देशन गरेको फिल्ममा क्ल्यान्सी ब्राउन, मार्क ह्यामिल, टम केनीलगायत कलाकारले अभिनय गरेका छन्।
योसँगै आजदेखि नै हलमा नेपाली फिल्म ‘मुगलान’ प्रदर्शन भएको छ।




