काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले पुस १ गते मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
कार्यतालिका अनुसार आज (आइतबार) बेलुकी ७ बजे मतदाता नामावली प्रकाशन, भोलि (सोमबार) मतदाता नामावली उपर दाबी विरोध/सुधार, दाबी विरोध उपर छानबिन र निर्णय गरिनेछ।
सोही दिन नै उम्मेदवारको दरखास्त फारम वितरण, दर्ता, प्रारम्भिक नामावली प्रकाशक, उजुरी दिने, उजुरीउपर छानबिन र निर्णय, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
आयोगका अनुसार पुस १ गते बिहान ११ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।
भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा भइरहेको छ।

प्रकाशित: २८ मंसिर २०८२ १९:२८
प्रतिक्रिया



