यस्तो छ ईभी पिकअप रिडाराको विशेष योजना

हिमाल प्रेस २६ मंसिर २०८२ २१:२१ | Friday, December 12, 2025
2
SHARE
यस्तो छ ईभी पिकअप रिडाराको विशेष योजना

काठमाडौँ- ईभी पिकअप ब्रान्ड रिडाराले विशेष अफर सार्वजनिक गरेको छ।

विद्युतीय सवारीलाई थप सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ रिडाराले विशेष अफर सार्वजनिक गरेको हो।

अफरअन्तर्गत ग्राहकहरूले ८० प्रतिशतसम्म फाइनान्स सुविधा र एक्सचेन्जमा तीन लाख रुपैयाँसम्मको ‘टपअप’ लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यस अवसरमा रिडाराले ‘टेस्ट ड्राइभ, फिल थ्रिल, अलडे’ योजना पनि सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले पूरै दिनको टेस्ट ड्राइभ गर्न पाउनेछन्।

नेपालको विविध भौगोलिक बनावटलाई ध्यानमा राखेर डिजाइन गरिएको रिडारा ईभी पिकअपमा उच्च ग्राउन्ड क्लियरेन्स, फराकिलो इन्टेनियर र अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी समावेश गरिएको कम्पनीको भनाइ छ।

विक्रेताका अनुसार रिडाराको २ डब्ल्यूडी भेरिएन्ट सहर र हाइवे ड्राइभका लागि आरामदायी र किफायती छ भने ४ डब्ल्यूडी भेरिएन्ट कठिन भूभाग तथ अफरोड यात्रामा थप ट्रयाक्सन र नियन्त्रण सुनिश्चित गर्दछ।

यो अफरअन्तर्गत नगद छुट, एक वर्ष निःशुल्क सडक कर, एक वर्ष निःशुल्क बिमा, सजिलो फाइनान्सिङ सुविधा तथा निश्चित एक्सचेन्ज भ्यालुएसन समावेश रहेको विक्रेताले जनाएको छ।

यो अफर देशभरका सबै रिडारा शोरुमहरूमा सीमित अवधिका लागि उपलब्ध रहने कम्पनीले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०८२ २१:२१ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast