यस्तो छ तह र श्रेणीअनुसार शिक्षकको भत्तादर

हिमाल प्रेस २८ मंसिर २०८२ १०:२९ | Sunday, December 14, 2025
642
SHARES
यस्तो छ तह र श्रेणीअनुसार शिक्षकको भत्तादर

बागलुङ- तमानखोला गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई स्थानीय भत्ता माग गरी पेस गर्न अनुरोध गरेको छ।

पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको पत्रअनुसार नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७१ असार २९ गतेको निर्णय तथा अर्थ मन्त्रालयको २०७१ साउन २ गतेको पत्रअनुसार साविकका गाउँ विकास समिति क्षेत्रहरू ‘घ’ वर्गमा पर्ने उल्लेख छ। सोही आधारमा शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध गराउने व्यवस्था लागु हुँदै आएको जनाइएको छ।

यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८२ साउन १२ गतेको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधि आर्थिक वर्ष २०८२/०८३ को खण्ड २ को बुँदा २.२ अनुसार स्वीकृत दरबन्दीमा कार्यरत स्थायी शिक्षक तथा स्वीकृत दरबन्दीमै कार्यरत अस्थायी करार शिक्षकले वर्षमा १०.५ महिनाका दरले स्थानीय भत्ता पाउने व्यवस्था रहेको छ।

उक्त व्यवस्था अनुसार दोस्रो त्रैमासिकदेखि लागु हुने गरी तपसिलमा उल्लेखित दरअनुसार स्थानीय भत्ता माग गरी शिक्षा, युवा तथा खेलकुद शाखामा पठाउन सबै सामुदायिक विद्यालयलाई अनुरोध गरिएको छ।

निर्धारित दरअनुसार प्राथमिक तह तृतीय श्रेणीका शिक्षकले मासिक २ हजार ७ सय ६० रुपैयाँ, निम्न माध्यमिक तह तृतीय श्रेणीका शिक्षकले ३ हजार २ सय १० रुपैयाँ, माध्यमिक तह तृतीय श्रेणीका शिक्षकले ३ हजार ९ सय ४० रुपैयाँ, माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकले ५ हजार २ सय ५० रुपैयाँ तथा माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ६ हजार ७ सय रुपैयाँ स्थानीय भत्ता पाउनेछन्।

 

प्रकाशित: २८ मंसिर २०८२ १०:२९ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast