एमाले महाधिवेशन

यस्तो बन्यो ईश्वर प्यानल, सचिवमा समेटिए अग्नि खरेल

हिमाल प्रेस १ पुष २०८२ १४:०३
2
SHARE
यस्तो बन्यो ईश्वर प्यानल, सचिवमा समेटिए अग्नि खरेल

काठमाडौँ- काठमाडौँमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलको पक्षका उम्मेदवारको नामावली सार्वजनिक भएको छ। प्यानलको सूचीअनुसार उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, बिन्दा पाण्डे र पर्शुमेघी गुरुङ रहेका छन्।

महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरी रहेका छन्। तीन उपमहासचिव भए पनि उक्त प्यानलमा एक जना कम उपमहासचिवको सूची राखिएको छ। सचिवमा अग्नि खरेल समेटिएका छन्।

प्रकाशित: १ पुष २०८२ १४:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast