यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका निर्णयहरू

हिमाल प्रेस १३ पुष २०८२ १५:१४ | Sunday, December 28, 2025
40
SHARES
यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका निर्णयहरू

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले पार्टी एकता, अनुशासन र सक्रिय सदस्यता सुनिश्चित गर्न विभिन्न निर्णयहरू गरेको छ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई सुसंगठित बनाउन, पार्टी भित्र बृहत् एकता कायम गर्न र संविधानको संरक्षण गर्नु राष्ट्रिय दायित्व भएको भन्दै सबै सदस्यहरूलाई अनुशासन उल्लंघन नगर्न सचेत गराइएको बताए।

बैठकले विगतका निर्वाचनमा पार्टीविरोधी काम गरेको भन्दै कारवाहीमा परेका सदस्यहरूको बाँकी अवधि माफ गर्ने निर्णय गरेको छ। साथै, पार्टी परित्याग गरेका वा अन्य पार्टीमा गएर काम गरेका पूर्व सदस्यहरूलाई घर फर्केर क्रियाशील सदस्यता र आवश्यक जिम्मेवारी प्रदान गर्ने आमन्त्रणा गरिएको छ।

यसैगरी, बौद्धिक र व्यवसायिक क्षेत्रमा कार्यरत व्यक्ति तथा लोकतान्त्रिक विचार भएका पेसेवरहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।

पार्टीले आजको परिस्थितिमा यी क्षेत्रसँग विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सबै स्तरका कार्यसमितिहरूलाई निर्णयको कार्यान्वयनका लागि निर्देशन दिएको छ।

प्रकाशित: १३ पुष २०८२ १५:१४ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast