संविधानलाई ट्र्याकमा ल्याउन फागुन २१ को चुनावको विकल्प छैन : कोइराला

हिमाल प्रेस २ पुष २०८२ १८:१५ | Wednesday, December 17, 2025
30
SHARES
संविधानलाई ट्र्याकमा ल्याउन फागुन २१ को चुनावको विकल्प छैन : कोइराला नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्र्याकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन्।

बुधबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले सरकार बनेदेखि नै संविधान ट्र्याक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन ठूलो संवैधानिक संकट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताए।

उनले आफूहरुले तोकिएको समयमा निर्वाचन गराउने आकांक्षा राखेको भए पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरे।

तोकिएको समयमा निर्वाचन नभए संसद पुनस्र्थापनाको सम्भावना बलियो हुने उनको भनाइ छ। नेता कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने कुरामा ढुक्क हुन आग्रह गरे।

नेता कोइरालाले नेपाली कांग्रेसको विधानअनुसार शेर बहादुर देउबा पुनः सभापतिको उम्मेदवार हुन नमिल्ने जानकारी दिए। उनले तोकिएको समयमा नै कांग्रेसको महाधिवशेन हुनुपर्ने धारणा राखे।

प्रकाशित: २ पुष २०८२ १८:१५ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast