आगामी निर्वाचन नयाँ शक्तिहरूको प्रस्थानबिन्दु हुनुपर्छ : मन्त्री घिसिङ

हिमाल प्रेस १० पुष २०८२ १६:५० | Thursday, December 25, 2025
18
SHARES
आगामी निर्वाचन नयाँ शक्तिहरूको प्रस्थानबिन्दु हुनुपर्छ : मन्त्री घिसिङ ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङ

काठमाडौँ- उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले आगामी निर्वाचन नयाँ शक्तिहरूको प्रस्थानबिन्दु हुनुपर्ने बताएका छन्।

बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार उज्यालो घर, केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा घिसिङले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचन नयाँ शक्तिहरूको प्रस्थानबिन्दु हुनुपर्ने बताएका हुन्।

नेपालको समृद्धि र सुशासनको लागि युवा अगाडि बढ्नुपर्ने भन्दै उनले नयाँ शक्तिहरू एकताबद्ध हुनुपर्छ सुझावहरू आएको जानकारी दिए। घिसिङले नयाँ शक्तिहरूको टिम बनाएर नै निर्वाचनमा होमिने संकेत समेत गरे।

सम्पूर्ण नयाँ शक्ति, नेपाल व्यक्तित्व, समूह, पार्टीहरू एक भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उनले बताए। उनले निर्वाचनबाट देशको परिवर्तन गर्ने र देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउन उज्यालो पार्टीले नेतृत्व लिने बताए।

प्रकाशित: १० पुष २०८२ १६:५० | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast