काठमाडौँ- साइकोलोजिकल थ्रिलर जनरामा बनेको फिल्म ‘द ब्ल्यू लाइट’ को टिजर सार्वजनिक भएको छ। टिजर मौरी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु हुने टिजरले लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दा देखाउने प्रयास गरेको छ।
फिल्म आगामी माघ १६ मा प्रदर्शन हुने भएको छ। यसअघि टिमले पुस १० लाई प्रदर्शन मिति तोकेका थिए।
बलिराम चौहानको निर्देशनमा बनेको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुषमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानी, बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।
यस्ताे छ टिजर
प्रकाशित: ११ पुष २०८२ १६:२५ | Friday, December 26, 2025
प्रतिक्रिया



