‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

हिमाल प्रेस १२ पुष २०८२ १३:५२
8
SHARES
‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौँ- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न…’ बोलको गीत सार्वजनिक भएको छ ।

कवि तथा गीतकार दिनेश अधिकारीको शब्द-रचनाको उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत रहेको छ । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् ।​

टुवेल्भ नोट्सले प्रकाशनमा ल्याएको यो गीतमा आफ्नो प्रिय मान्छेसँग बिछोड हुँदाको अवस्था, परिस्थिति र उसका अनेकन मनोदशालाई उजागर गरिएको छ । गीत र कविताको मिश्रण रहेको त्यस सृजनाले नेपाली गीतरसंगीतका स्रोतालाई एउटा फरक स्वाद दिने संगीतकार लम्सालको विश्वास छ ।

 

प्रकाशित: १२ पुष २०८२ १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast