काठमाडौँ– अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (आइएनएलए) अमेरिकाको दोस्रो वार्षिक अधिवेशन आगामी मार्च २९, २०२६ सालमा पेन्सिलभेनिया राज्यको ल्यान्कास्टरमा हुने भएको छ।
संघका अध्यक्ष हरि उप्रेतीकाअनुसार अधिवेशनमा संघको वार्षिक गतिविधि र आर्थिक गतिविधिमाथि छलफल गरिनुका साथै आगामी कार्य योजना प्रस्तुत गरिनेछ।
साथै अधिवेशन स्थानीय कार्यक्रम संयोजक ‘साहित्य कला संगम’ ले तयार पारेको विभिन्न साहित्यिक एवं सांस्कृतिक कार्यक्रमसहित संस्थाको बारेमा अन्तरक्रिया पनि गरिनेछ।
संघले प्रथम अधिवेशनमा गीत रचनामा उत्कृष्ठ योगदान पुर्याउने एकजना विशिष्ट गीतकारलाई १ हजार अमेरिकी डलर नगद पुरस्कारसहित ‘आइएनएलए ज्ञानेन्द्र गदाल गीत सम्मान’ बाट सम्मानित गरेकाे थियाे।
उक्त सम्मानसहित यसवर्ष नेपाल र नेपाली डायस्पोराका गीत, संगीत र गायन विधाका ६ जना उत्कृष्ठ श्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ।
संघले आइएनएलए ज्ञानेन्द्र गदाल गीत सम्मान (२०२४) को पहिलो पुरस्कार गीतकार नीर शाहलाई प्रदान गरेको थियो।
यो प्रवासमा रहेर नेपाली गीत लेखनमा सक्रिय रहने गीतकारहरूको अन्तर्राष्ट्रिय गैर नाफामूलक संस्था हो। नेपाली गीत र गीतकारको उन्नयन र विकास नै संघको मूल लक्ष्य रहेको अध्यक्ष हरि उप्रेतीले बताए।



