वर्कसपमा व्यस्त फिल्म ‘मितज्यू’ निर्माण टिम

हिमाल प्रेस ६ पुष २०८२ १४:००
30
SHARES
वर्कसपमा व्यस्त फिल्म ‘मितज्यू’ निर्माण टिम

काठमाडौँ- निर्देशक अनिल बुढा मगरको दोस्रो फिल्म ‘मितज्यू’ को वर्कसप सुरु गरेका छन्। जिएम मुभिजको अफिसमा वर्कसप चलिरहेको निर्देशक मगरले बताए।

फिल्ममा कलाकारहरूले गर्ने भूमिका सहज होस् भन्ने हेतुले वर्कसप चलाइएको उनले बताए। उनका अनुसार वर्कसप केहि दिनसम्म चल्नेछ।

वर्कसपमा कलाकारका रुपमा तेरिया फौजा मगर, पुस्कर गुरुङ, थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, पवित्रा खड्कालगायत छन्। आगामी माघको पहिलो साताबाट फिल्मकाे छायांकनकाे तयारी भइरहेको निर्माता जनक घर्ती मगरले जानकारी दिए।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, शिशिर वाङ्देल, राज थापा, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, चाहाना राना मगर, अनुशा राई, खड्क बहादुर पुन मगर (खबपु) लगायत कलाकारको अभिनय रहनेछ।

यसअघि निर्देशक मगरले फिल्म ‘घरज्वाइँ’ बनाएका थिए।

प्रकाशित: ६ पुष २०८२ १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast