दलसँग छलफल गर्दै प्रधानमन्त्री, को को जाँदैछन् सिंहदरबार?

हिमाल प्रेस ७ पुष २०८२ ११:५२ | Monday, December 22, 2025
दलसँग छलफल गर्दै प्रधानमन्त्री, को को जाँदैछन् सिंहदरबार?

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दलहरू र नागरिक प्रतिनिधिहरूसँग छलफल गर्दैछन्।

छलफल दिउँसो १ बजे सिंहदरबारमा सुरु हुनेछ। छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतीकरण रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा राजनीतिक दलबाट दोस्रो तहको नेताहरूले सहभागी जनाउने भएका छन्।

एमालेबाट महासचिव शंकर पोखरेल र महेश बर्तौला, कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र राजेन्द्र पाण्डे, रास्वपाबाट शिशिर खनाल र सोविता गौतम जाने तय भएको छ।

फागुन २१ को चुनावलाई केन्द्रित गरेर पछिल्लो समय प्रधानमन्त्रीले राजनीतिक दलका नेताहरूसँग निरन्तर छलफल गरिरहेकी छन्। तर अहिलेसम्म शीर्ष तहका नेताहरूसँग भने भेट गरेकी छैनन्।

प्रकाशित: ७ पुष २०८२ ११:५२ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast