काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन आज एक हजार रुपैयाँले बढेको हो।
बुधबार प्रतितोला दुई लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर दुई लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले वृद्धि भएर तीन हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अघिल्लो दिन प्रतितोला तीन हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: २५ मंसिर २०८२ १२:१८ | Thursday, December 11, 2025
प्रतिक्रिया



