सुनको भाउ घट्यो, कति पुग्यो?

हिमाल प्रेस १० पुष २०८२ ११:१५
6
SHARES
सुनको भाउ घट्यो, कति पुग्यो?

काठमाडौँ-  सुनचाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो।

बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको थियो। जुन मूल्य हालसम्मकै उच्च थियो।

तर, बिहीबार भने छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको हो। बुधबार चाँदीको मूल्य तोलामा २ हजार ४२० रुपैयाँ थियो। बिहीबार भने चाँदीको मूल्य घटेर ४ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: १० पुष २०८२ ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast