सुनको भाउ घट्यो, कति पुग्यो?

हिमाल प्रेस २३ मंसिर २०८२ ११:३४
18
SHARES
सुनको भाउ घट्यो, कति पुग्यो?

काठमाडौँ- स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ५१ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ५२ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेको छ।

सोमबार प्रतितोला तीन हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार तीन हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २३ मंसिर २०८२ ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast