राेबाेवारमा नेविसंघको टिमले भारतमा रच्याे इतिहास

हिमाल प्रेस ९ पुष २०८२ ११:३४ | Wednesday, December 24, 2025
34
SHARES
राेबाेवारमा नेविसंघको टिमले भारतमा रच्याे इतिहास

काठमाडौँ- भारतकाे मुम्बईमा आयाेजित राेबाेवारमा नेपाल विद्यार्थी संघकाे टिमले स्वर्ण पदक जित्दै इतिहास रचेकाे छ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) द्वारा प्रस्तुत टिम नेपाल-क्वान्टमलिप, बलियो भेन्चर्सले भारतको आईआईटी बम्बेमा आयोजित अन्तरास्ट्रिय राेबाे वार्स प्रतिस्पर्धामा उपाधि जितेकाे हाे।

एसियाकै सबैभन्दा ठूलो विज्ञान तथा प्रविधि महोत्सव मानिने आइआइटी मुम्बई टेकफेस्टमा आयोजित यस प्रतियोगितामा ६५ भन्दा बढी देशका टिमहरू सहभागी थिए।

नेपालबाट सहभागी भएका ७ टिममध्ये बलियो भेन्चर्सले फाइनल जित्दै विश्वमञ्चमा नेपाली नवप्रवर्तन, प्रविधि र प्रतिभाको क्षमता प्रमाणित गरेको मुम्बईमा रहेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए।

प्रकाशित: ९ पुष २०८२ ११:३४ | Wednesday, December 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast