शिक्षा मन्त्रालयले मानव स्रोतलाई पठायो यस्तो पत्र

हिमाल प्रेस १६ मंसिर २०८२ १०:५५
24
SHARES
शिक्षा मन्त्रालयले मानव स्रोतलाई पठायो यस्तो पत्र

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षा सेवाअन्तर्गत स्थानीय तहका अधिकृत स्तर (छैटौँ, सातौँ र आठौँ तह) का लागि एक महिनाको शैक्षिक व्यवस्थापनसम्बन्धी सेवाकालिन तालिममा सहभागी हुने ६५ जना अधिकृतहरूलाई मनोनयन गरेको छ।

मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखाबाट जारी सूचनाअनुसार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएको माग र मन्त्रालयद्वारा गत साउन २८ गते जारी सूचना पश्चात् प्राप्त निवेदनहरूको मूल्यांकनपछि मुख्य र वैकल्पिक गरी मनोनयन सूची तयार पारिएको हो।

यो निर्णय मन्त्रालयको सचिवस्तरको गत कात्तिक २४ को निर्णय बमोजिम कार्यान्वयन गरिएको उल्लेख छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएको गत साउन १६ गतेको पत्रमा माग गरिएको तालिमका लागि उम्मेदवार छनोट गरी पठाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले चयन भएका अधिकृतहरूले निर्धारित समयभित्र तालिममा अनिवार्य रूपमा सहभागी हुन सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।

प्रकाशित: १६ मंसिर २०८२ १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast