सरकारले नैतिकता गुमायो, अब दलसहितको सरकार बनाऔँ : महेश बस्नेत

हिमाल प्रेस ७ पुष २०८२ ६:५५ | Monday, December 22, 2025
6
SHARES
सरकारले नैतिकता गुमायो, अब दलसहितको सरकार बनाऔँ : महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले नैतिकता गुमाएको बताएका छन्।जेनजीको नाममा अहिलेको सरकार बनेको भन्दै बस्नेतले जेनजी नै आन्दोलनमा उत्रिएपछि सरकारको नैतिक हैसियत सकिएको बताए ।

‘जेनजीको नाममा बनेको यो सरकारले अब नैतिकता गुमाएको छ र दलहरू सहित सर्वपक्षीय पहलबाट मात्र जेनजीको समस्या समाधान र मुलुकको निकास सम्भव छ’, उनले भने।

जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा युवा समूहले प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई अपदस्त गरेर सर्वपक्षीय सरकार बनाउन माग गर्दै आन्दोलन संस्थागत गरेका बताउँदै बस्नेतले अब सुशीला कार्कीले सत्ता छाड्नु पर्ने उल्लेख गरे।

मिराज ढुंगानाको नेतृत्वमा रहेको जेनजी समूहले आजदेखि देशव्यापी ‘संयुक्त जेनजी’ आन्दोलन घोषणा गरेको छ। आन्दोलनको पहिलो कार्यक्रम स्वरूप भोलि बिहान ११ बजे माइतीघर मण्डलामा भेला हुन आव्हान गरिएको छ।

प्रकाशित: ७ पुष २०८२ ६:५५ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast