एमएसएम भिडियोमा सार्वजनिक भयो फिल्म ‘पीआर’

हिमाल प्रेस १० पुष २०८२ १२:०९ | Thursday, December 25, 2025
6
SHARES
एमएसएम भिडियोमा सार्वजनिक भयो फिल्म ‘पीआर’

काठमाडौँ- फिल्म ‘पिआर’ ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’ मार्फत सार्वजनिक भएको छ। एमएसएम भिडियोमा फिल्म आजदेखि सार्वजनिक गरिएको हो।

गत मंसिर २६ देखि हलमा प्रदर्शन भएको फिल्मलाई हलमा हेर्न नपाएका दर्शकका भन्दै ओटीटीमा राखिएको निर्देशक शोभित बस्नेतले बताए।

फिल्ममा नेपालबाट अस्ट्रेलिया पुगेका युवाले स्थायी आवासीय पत्र (पीआर) प्राप्त गर्नको लागि गर्ने संघर्ष देखाउन खोजिएको छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा, नवीन घायललगायत कलाकारको अभिनय छ। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल, र दिक्पाल कार्की पनि छन्।

प्रकाशित: १० पुष २०८२ १२:०९ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast