काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। हिजो हालसम्मकै सबै भन्दा उच्च बनेको अमेरिकी डलरको मूल्य आज भन् महँगो भएको हो।
आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य पनि उच्च दरमा बढेको छ।
आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
आज युरो १ को खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा छ। हिजो युरो १ को खरिददर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९३ रुपैयाँ २३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १८९ रुपैयाँ १४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा थियो।
आज कुबेती दिनार १ को खरिददर ४६९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ३४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४६७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ४१ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ३८१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३८० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा थियो।




