मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको छ : अर्थमन्त्री

हिमाल प्रेस ३ पुष २०८२ १२:२३ | Thursday, December 18, 2025
12
SHARES
मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको छ : अर्थमन्त्री अर्थमन्त्री रामेश्वर खनाल। फाइल तस्बिर।

काठमाडौँ- अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले युवापुस्ता जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुरुत्थान हुँदै गएको बताए। यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिए।

‘गएको तीन महिनामा १० प्रतिशतको हाराहारीमा राजस्व वृद्धि भएको छ। उत्पादकत्व र उत्पादन वृद्धि भइरहेको छ,अन्तरिम सरकारले छोटो अवधिमा पनि सुधार गर्दै लगानीको वातावरण तयार गरेको भनेर चिनियाँ लगानीकर्ताले प्रशंसा गरिरहनुभएको छ’,अर्थमन्त्री खनालले भने।

मन्त्री खनालले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै यस क्षेत्रमा रहेको तरलता व्यवस्थापन र लगानीको वातावरण तयारका लागि सरकारले येजनाबद्ध काम गरिरहेको बताए।

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले दीर्घकालीन विकासका लागि दिगो पूर्वाधार विकासलाई जोड दिनुपर्ने बताउँदै सरकारले ठूलो खर्च गर्नसक्ने वातावरण तयार गर्न नेपाल राष्ट्र बैंक तत्पर रहेकामा जोड दिए।

गभर्नर डा.पौडेलले निजी व्यवसायीलाई उच्चमनोबलका साथ काम गर्न प्रोत्साहित गर्दै निष्पक्ष रूपमा हुने आगामी निर्वाचनले स्थायित्व कायम गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: ३ पुष २०८२ १२:२३ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast