बालेनको र्‍याप गीतमा महाकवि देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ को कोरस

हिमाल प्रेस २९ मंसिर २०८२ ११:४८ | Monday, December 15, 2025
30
SHARES
बालेनको र्‍याप गीतमा महाकवि देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ को कोरस

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर तथा र्‍यापर बालेन्द्र शाह ‘बालेन’ को स्वरमा ‘आम नेपाली बुबा’ बोलको र्याप गीत सार्वजनिक भएको छ। गीत बालेनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

गीतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ लाई र्‍याप शैलीमा गीत कम्पोज गरिएको छ। शीर्षकअनुसार नै गीतको मर्म आम नेपाली बुबाप्रति समर्पित छ। गीतलाई बुबाको संघर्ष, जिम्मेवारी र भावनात्मक सम्बन्धलाई भिडियोमार्फत मार्मिक तवरले प्रस्तुत गरिएको छ।

गीतलाई फिल्म ‘झरीपछिको इन्द्रेणी’को ओएसटीको रुपमा सार्वजनिक गरिएको हो। गीतकाे भिडियोमा फिल्मकै दृश्य समावेश गरिएकाे छ।

अर्जुन घिमिरे (पाँडे)को डेब्यु निर्देशनमा बनेको फिल्म आगामी पुस ४ मा देशभर प्रदर्शन हुनेछ।

यस्ताे छ गीत

प्रकाशित: २९ मंसिर २०८२ ११:४८ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast