काठमाडौँ- म्याग्दीको पुनहिल प्राकृतिक सौन्दर्यले भरिएको पर्यटकीय स्थल हो। पर्यटकहरू पोखरादेखि पुनहिल हुँदै अन्नपूर्ण आधार शिविरतर्फ जान्छन्। यहाँबाट अन्नपूर्ण र धौलागिरी हिमाल नजिकैबाट अवलोकन गर्न पाइन्छ।
पुनहिल समुद्री सतहबाट ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित छ। पुनहिलबाट देखिने धौलागिरी, अन्नपूर्ण साउथ माछापुच्छ्रे, नीलगिरी, हिमचुली, बाह्र शिखरको सौन्दर्यले जोकसैको पनि मन आह्लादित हुन्छ। बिहानै पर्यटकहरू सूर्योदयको दृश्य अवलोकन गर्न पुनहिल भ्युटावरमा पुग्छन्।

प्रकाशित: १६ पुष २०८२ १३:५८
प्रतिक्रिया




