थाइल्यान्डका प्रधानमन्त्रीले गरे संसद भंग

हिमाल प्रेस २६ मंसिर २०८२ १७:०६ | Friday, December 12, 2025
18
SHARES
थाइल्यान्डका प्रधानमन्त्रीले गरे संसद भंग

काठमाडौँ- कम्बोडियासँगको सीमामा एक सातादेखि जारी भिडन्तपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद विघटन गरेका छन्।

संसद विघटन भएसँगै थाइल्यान्डमा ४५ देखि ६० दिनभित्र आमचुनाव हुनेछ।

प्रधानमन्त्री अनुतिनले शुक्रबार वक्तव्य जारी गरेर आफ्नो अल्पमतको सरकार सत्तामा आएदेखि सीमामा झडपका साथै कैयौँ चुनौतिहरूको सामना गर्नुपरेको बताएका छन्।
उनले भनेका छन्,‘यसको उचित समाधान संसद भंग गर्नु हो।’

उनी तीन महिनाअघि मात्रै सरकारको नेतृत्वमा आएका हुन्।

व्यवसायीबाट राजनीतिमा आएका अनुतिन सेप्टेम्बर २०२५ मा थाइल्यान्डको तेस्रो प्रधानमन्त्री नियुक्त भएका थिए। सत्तामा आएसँगै उनले जनवरी अन्त्यसम्म संसद भंग गर्ने बताएका थिए।

प्रकाशित: २६ मंसिर २०८२ १७:०६ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast