काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज पनि घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५.४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको हो। हिजो यस बेला यो तापक्रम ५.५ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
प्रकाशित: १५ पुष २०८२ ६:२८
प्रतिक्रिया




