काठमाडौँ- पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले आधारभूत तह (कक्षा १-३) मा लागु भइरहेको एकीकृत पाठ्यक्रमसम्बन्धी जिज्ञासा संकलनका लागि शिक्षकहरूलाई आग्रह गर्दै सूचना सार्वजनिक गरेको छ।
केन्द्रको स्वीकृत वार्षिक कार्यक्रमअनुसार एकीकृत पाठ्यक्रमको कार्यान्वयनमा देखिएका प्रश्न, अनुभव र जिज्ञासालाई व्यवस्थित ढंगले संकलन गरी छलफल तथा समाधान प्रक्रिया अघि बढाउन Google Form मार्फत जिज्ञासा पठाउन अनुरोध गरिएको छ। शिक्षकहरूले मंसिर २३ गतेभित्र आफ्नो जिज्ञासा पठाउन सक्ने केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार जिज्ञासा संकलनका विषयहरूमा एकीकरणको अवधारणा, बहुविषयक तथा अन्तरविषयक उपागम, पाठ्यक्रम र पाठ्यसामग्रीको प्रयोग, सिकाइ शृंखला र रङको उपयोग तथा विद्यार्थी मूल्यांकन प्रणाली लगायतका विषय समावेश छन्।
जिज्ञासा पठाउनका लागि केन्द्रले Google Form लिंक (https://forms.gle/5f2afDNtrddMxawP9) तथा QR Code समेत उपलब्ध गराएको छ। संकलित जिज्ञासाको समाधान सम्बन्धी मिति, समय तथा Google Meet लिंकपछि केन्द्रको वेबसाइट र सम्बन्धित शिक्षकको इमेलमार्फत उपलब्ध गराइने जनाएको छ।




