सर्वसम्मत महासचिव पोखरेललाई पाण्डेको चुनौती

हिमाल प्रेस २९ मंसिर २०८२ ११:४५ | Monday, December 15, 2025
सर्वसम्मत महासचिव पोखरेललाई पाण्डेको चुनौती शंकर पोखरेल र सुरेन्द्र पाण्डे

काठमाडौँ- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहँदै विभिन्न जिम्मेवारी पाउँदै आएका शंकर पोखरेललाई पार्टीको जारी ११ औँ महाधिवेशनमा सुरेन्द्र पाण्डेले चुनौती दिने भएका छन्।

पोखरेल दसौँ महाधिवेशनमा ओलीको इच्छामा सर्वसम्मत महासचिव बनाइएका थिए। उनी नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएका थिए। ११ औँ महाधिवेशनमा पोखरेल ओली समूहबाट महासचिवमा दोहोर्‍याएर प्रतिस्पर्धामा उत्रिँदा पाण्डेले अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलको समूहबाट महासचिवको उम्मेदवारी दिने भएका छन्। पाण्डे एमालेका उपाध्यक्ष हुन्।

एमाले विधानअनुसार अध्यक्षपछि प्रमुख पद केन्द्रीय महासचिव हो।

पोखरेलले स्थायी कमिटी सदस्य, केन्द्रीय पार्टी स्कुल विभागको उपप्रमुख, केन्द्रीय कमिटी सचिव, केन्द्रीय प्रचार विभाग प्रमुख, केन्द्रीय शिक्षा विभाग, केन्द्रीय पार्टी स्कुल विभागको सदस्य भएर काम गरिसकेका छन्।

प्रकाशित: २९ मंसिर २०८२ ११:४५ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast