एमालेको महाधिवेशन प्रतिनिधि बनिन् सुनिता डंगोल

हिमाल प्रेस २७ मंसिर २०८२ १२:२७ | Saturday, December 13, 2025
26
SHARES
एमालेको महाधिवेशन प्रतिनिधि बनिन् सुनिता डंगोल काठमाडौँ उपमहानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको ११ औँ महाधिवेशन प्रतिनिधि बनेकी छन्। उनलाई महाधिवेशन प्रतिनिधिमा मनोनप्त गरिएको छ।

१०८ जना महाधिवेशन प्रतिनिधि मनोनित भएका छन्। जसको ४९ औं नम्बरमा डंगोलको नाम छ। डंगोल काठमाडौँ महानगरपालिकाको उपमेयर हुन्। २०७९ को चुनावबाट उनी उपमेयर भएकी हुन्। सुरुमा स्वतन्त्र रूपमा मेयरको प्रत्यासी रहेकी डंगोललाई अन्तिम समयमा एमालेले उपमेयरको उम्मेदवार बनाएको थियो।

एमालेको शुक्रबार बसेको सचिवालय बैठकमा महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको विषयमा अध्यक्ष केपी शर्मा ओली र अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टुंगो लगाउने सहमति भएको थियो ।

शनिवार बिहान मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिहरूको सूची प्रकाशित गरिएको छ ।

प्रकाशित: २७ मंसिर २०८२ १२:२७ | Saturday, December 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast