सुदेश पराजुली काठमाडौँ ६ र भोजपुरबाट उम्मेदवार सिफारिस

हिमाल प्रेस १२ पुष २०८२ ९:५१ | Saturday, December 27, 2025
94
SHARES
सुदेश पराजुली काठमाडौँ ६ र भोजपुरबाट उम्मेदवार सिफारिस

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई दुई क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ६ र भोजपुरबाट नेकपाको सम्बन्धित जिल्ला कमिटीले उनलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो। काठमाडौँ ६ मा यसअघि रास्वपाका शिशिर खनाल विजयी बनेका थिए भने भोजपुरबाट तत्कालीन माओवादी केन्द्रका पूर्वनेता सुदन किरातीले जितेका थिए।

निर्वाचनका लागि सबैजसो राजनीतिक दलका तल्ला कमिटीहरूले माथिल्लो कमिटीमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको नाम धमाधम सिफारिस गरिरहेका छन्।

प्रकाशित: १२ पुष २०८२ ९:५१ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast