विद्यालयहरूलाई केन्द्रको यस्तो पत्र

हिमाल प्रेस १६ पुष २०८२ १०:३१ | Wednesday, December 31, 2025
56
SHARES
विद्यालयहरूलाई केन्द्रको यस्तो पत्र

काठमाडौँ- किशोरकिशोरी तथा युवावर्गको मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘मानसिक स्वास्थ्य सचेतना अभियान २०८२’ देशभरका विद्यालयहरूमा सञ्चालन गरिने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र अनुसार उक्त अभियानमा विद्यालयहरूको सक्रिय सहभागिताका लागि शिक्षा विकास तथा समन्वय एकाई, स्थानीय तह र विद्यालयहरूलाई अनुरोध गरिएको छ।

अभियान मंसिर २४ गतेदेखि औपचारिक रूपमा शुभारम्भ भई २०८२ फागुन ३० गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा देशभरका विद्यालयहरूमा किशोरकिशोरी तथा युवा बालबालिकालाई लक्षित गरी विविध सचेतनामूलक क्रियाकलापहरू आयोजना गरिने जनाइएको छ।

अभियानको नाम “स्वस्थ मन, स्वस्थ जीवन मानसिक स्वास्थ्य सचेतना अभियान २०८२” राखिएको छ भने अभियानको नारा “मनको कुरो गरौँ” तय गरिएको छ।

मन्त्रालयले अभियान सफल बनाउन विद्यालय तहमा अन्तरक्रिया, छलफल, अभिमुखीकरण, सिर्जनात्मक गतिविधि तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरेको छ।

यस अभियानले विद्यार्थीहरूमा मानसिक स्वास्थ्यप्रतिको बुझाइ बढाउने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा मनो–सामाजिक समस्याबारे खुला रूपमा कुरा गर्ने वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १६ पुष २०८२ १०:३१ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast