बाल सहजकर्ताको लागि यस्तो आह्वान

हिमाल प्रेस ३ पुष २०८२ ११:४४ | Thursday, December 18, 2025
274
SHARES
बाल सहजकर्ताको लागि यस्तो आह्वान

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बाल क्लब सहजकर्ता पदका लागि आवेदन दिएका योग्य आवेदकहरूलाई अन्तरवार्ता तथा कम्प्युटर सीप परीक्षणमा सहभागी हुन आह्वान गरेको छ।

महानगरपालिकाको सामाजिक विकास विभागका अनुसार मंसिर १७ गते प्रकाशित सात दिने सूचनाका आधारमा अनलाइन आवेदन फारम प्रणालीमार्फत प्राप्त आवेदनहरूमध्ये तोकिएको योग्यता पूरा गरेका उम्मेदवारहरूलाई अन्तरवार्ताका लागि बोलाउने निर्णय गरिएको हो।

महानगरपालिकाको समाजसेवी, बालमनोविज्ञ तथा बाल क्लब सहजकर्ता छनोट समितिको निर्णयअनुसार अन्तरवार्तामार्फत दुई जना बाल क्लब सहजकर्ता नियुक्त गरिने विभागले जनाएको छ।

अन्तरवार्ताका लागि बोलाइएका उम्मेदवारहरूले नेपाली नागरिकता, शैक्षिक प्रमाणपत्र, कार्य अनुभव प्रमाणपत्र, तालिमका प्रमाणपत्रलगायत सम्पूर्ण कागजातको सक्कल प्रति तथा एक–एक प्रति नक्कल साथमा ल्याई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुनुपर्नेछ।

अन्तरवार्तासँगै उम्मेदवारहरूको कम्प्युटर सीप परीक्षण पनि गरिनेछ। सो परीक्षणमा नेपाली टाइपिङ, अंग्रेजी टाइपिङ, बेसिक माइक्रोसफ्ट अफिस (वर्ड) तथा सामान्य कम्प्युटर ज्ञान समेटिनेछ।

अन्तरवार्ता तथा कम्प्युटर सीप परीक्षण पुस १३ गते (आइतबार) बिहान ७:३० बजेदेखि १०:०० बजेसम्म काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, कमलादीमा सञ्चालन हुने सामाजिक विकास विभागले जानकारी दिएको छ।

प्रकाशित: ३ पुष २०८२ ११:४४ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast