लुटिएका हातहतियार बेवारिसे भेटिए

हिमाल प्रेस ५ पुष २०८२ ६:४३
16
SHARES
लुटिएका हातहतियार बेवारिसे भेटिए सांकेतिक तस्बिर

झापा- यहाँको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको काँसघारीमा बेवारिसे अवस्थामा हातहतियार तथा गोलीगठ्ठा फेलापरेको छ।

स्थानीयले आज साँझ करिब ५ः०० बजे हातहतियार देखिएको जानकारी गराएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमाण्डमा टोली खटिएको थियो। टोलीले त्यहाँ पुगेर जाँच गर्दा खिया लागेको अवस्थामा विभिन्न हातहतियार तथा गोलीगठ्ठा फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार बरामद गरिएका हातहतियार गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयबाट आन्दोलनकारीले लुटी लगेका भनी अभिलेखमा उल्लेख भएका हतियारसँग मेल खाने देखिएको छ। बरामद सामग्रीमा म्यागजिनसहितका दुई थान इन्सास राइफल, म्यागजिन नभएको एक थान इन्सास राइफल, ३०३ बोरका १३४ राउण्ड, एसएलआरका पाँच राउण्ड, इन्सासको जङ्गी राउण्ड २० थान तथा गोली राख्ने बिन्दुली तीन थान रहेका छन्।

बरामद गरिएका हातहतियार तथा गोलीगठ्ठा नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ पुष २०८२ ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast