निजी स्रोतका शिक्षक कर्मचारीलाई सामाजिक सुरक्षा कोषको परिचयपत्र

हिमाल प्रेस १० पुष २०८२ ११:००
20
SHARES
निजी स्रोतका शिक्षक कर्मचारीलाई सामाजिक सुरक्षा कोषको परिचयपत्र

हेटौँडा- हेटौँडा-४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षक तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन्।

बुधबार आयोजित एक कार्यक्रममा विद्यालयका ६ जना शिक्षक र ७ जना कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउँदै परिचयपत्र वितरण गरिएको हो।

विद्यालयमा हाल निजी स्रोतबाट ३१ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। तीमध्ये दुई शैक्षिक वर्षको सेवा अवधि पूरा गरेका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने व्यवस्था विद्यालयले गरेको हो।

विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेका अनुसार मकवानपुरमै पहिलोपटक निजी स्रोतमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको हो।

शिक्षक तथा कर्मचारीलाई दीर्घकालसम्म विद्यालयमा टिकाइराख्न र उनीहरूको भविष्य सुरक्षित गर्न यो व्यवस्था गरिएको उनले बताए।

परिचयपत्र वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौँडा-४ का वडा अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा जिफन्डका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै वडा नम्बर १० का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष फूर्वा दार्जे लामा र वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मोक्तानको समेत आतिथ्य रहेको थियो।

प्रकाशित: १० पुष २०८२ ११:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast