सिप्तुङ्खा माङखिम शिलान्यास

हिमाल प्रेस २२ मंसिर २०८२ ८:३८
16
SHARES
सिप्तुङ्खा माङखिम शिलान्यास

काठमाडौँ- किरावा सिप्तुङ्खा वंश उत्थान समाजले शुक्रबार ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीमा माङखिम (पितृघर) निर्माण थालनी गरेको छ। यस संस्थाको यलेखोम (उपत्यका) कार्यसमितिका अध्यक्ष काजी सिप्तुङ्खा, सदस्य उत्तरकुमारी सिप्तुङ्खालगायतले माटो खनी पूजा गरेर भवन शिलान्यास गरेका हुन्। यो समाजले डेढ वर्षअघि करिब ८२ लाख रुपैयाँ संकलन गरी सात आना एक पैसा जग्गा खरिद गरेको थियो।

अध्यक्ष काजीले भवन सुरु गरेपछि एक वर्षभित्र सम्पन्न गर्ने योजना रहेको बताए। लागत डेढ करोड रुपैयाँ अनुमान गरिएको उनको भनाइ छ। ‘जति–जति (रकम) आउँदै जान्छ बनाउँदै जाने हो। बिस्तारै–बिस्तारै थप्दै जाने हो’, उनले भने, ‘साढे एक तलाजस्तो चाहिँ छिट्टै गर्छौं कि भन्ने आशा गरेको छु।’

संस्थाका उपत्यका सचिव बाबुराम सिप्तुङ्खाले संस्कार–संस्कृतिको संरक्षण, वंशहरूलाई जोड्ने र मानव सेवा गरी माङखिमको तीन प्रयोजन रहेको सुनाए। ‘डेढ–दुई वर्ष अघिदेखि यो अभियान सुरु गरेर हामी बीचको चरण शिलान्यासको चरणमा छौं’, उनले भने, ‘अझै निर्माणको काम बाँकी नै छ । अब निरन्तर गर्ने सोचमा छौं।’

सल्लाहकार अग्नि सिप्तुङ्खाले संस्कार–संस्कृतिलाई निरन्तरता दिन काठमाडौंमा माङखिम आवश्यक परेको बताए। ‘माङखिम सिप्तुङ्खाहरूका लागि मात्र नभएर छोरीचेली, भानाभान्जा हरेक कुरा छुट्टिँदै गइरहेको छ, यो माङखिमले जोड्ने काम गर्दो रहेछ, ‘उनले भने, ‘माङखिम हाम्रो साझा घर हो । हाम्रो साझा संस्कार–संस्कृतिको धरोहर हो। त्यसैले यो माङखिम अपरिहार्य छ जस्तो लाग्छ।’ सिप्तुङ्खा राई जातिभित्रको बान्तवाभाषी पाछा (वंश) हो।

प्रकाशित: २२ मंसिर २०८२ ८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast