शेरबहादुर तामाङले गरे एमालेको उपमहासचिवमा भिड्ने घोषणा

हिमाल प्रेस १८ मंसिर २०८२ १२:२४
8
SHARES
शेरबहादुर तामाङले गरे एमालेको उपमहासचिवमा भिड्ने घोषणा

काठमाडौँ- नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले विभिन्न पदमा आफ्नो दाबी प्रस्तुत गर्न लागेका छन्।

सोही क्रममा पार्टी स्थायी कमिटी सदस्य सिन्धुपाल्चोकका नेता शेरबहादुर तामाङले उपमहासचिव पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गर्दै उपमहासचिव पदमा आफ्ना सशक्त दाबी रहेको उनले बताएका छन्।

तामाङले लेखेका छन्, ‘एमालेको ११ औँ महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ, हजुरहरूको सहयोग तथा सुझावको हार्दिक अपिल गर्दछु, हाम्रो सोलिडारिटी सधैँ रहने छ।’

एमालेको ११ औ महाधिवेशन मंसिर २७ बाट २९ गतेसम्म काठमाडौँमा हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ।

प्रकाशित: १८ मंसिर २०८२ १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast