सिटिजन्स क्यापिटल र होटल पार्क ल्यान्डबीच सेयर निष्कासनसम्बन्धी सम्झौता

हिमाल प्रेस ९ पुष २०८२ २१:३३
2
SHARE
सिटिजन्स क्यापिटल र होटल पार्क ल्यान्डबीच सेयर निष्कासनसम्बन्धी सम्झौता

काठमाडौँ- सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्यान्ड लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच यो सम्झौता भएको हो।

सम्झौतामा होटल पार्क ल्यान्ड लिमिटेडका तर्पmबाट अध्यक्ष शरदकुमार पाण्डे तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौताअनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त भएपछि सिटिजन्स क्यापिटल लिमिटेडले होटल पार्क ल्यान्ड लिमिटेडको साधारण सेयर सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको जिम्मेवारी सम्हाल्नेछ।

चितवनको सौरहामा अवस्थित होटल पार्क एन्ड ल्यान्ड लिमिटेड विगत १८ वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएको छ। कम्पनीले निकट भविष्यमै होटलको क्षमता विस्तार गर्दै क्षेत्रफल ४४ कठ्ठा पु¥याई १०५ कोठासहित चारतारे होटलका रुपमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: ९ पुष २०८२ २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast