एनपीएलमा पहिलो ‘ह्याट्रिक’ लिने बलर बने शाहब

हिमाल प्रेस १८ मंसिर २०८२ १८:२५
8
SHARES
एनपीएलमा पहिलो  ‘ह्याट्रिक’ लिने बलर बने शाहब

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजका शाहब आलम ‘ह्याट्रिक’ लिने पहिलो खेलाडी बनेका छन्। बिहीबार पोखरा एभेञ्जर्सविरुद्ध उनले ह्याट्रिकसहित ६ ‘विकेट’ लिए। उनी एनपीएलको एकै खेलमा सबैभन्दा बढी विकेट लिने खेलाडी पनि बने।

शाहबले चार ओभर बलिङ गर्ने क्रममा २५ रन खर्चिँदै ६ विकेट लिए। उनले चार दशमलव तीन ओभरमा जेसन रोयलाई आउट गर्दै पहिले विकेट लिएका थिए भने दोस्रो विकेट १७ दशमलव चार ओभरमा किरण ठगुन्नालाई आउट गरेर लिए।

शाहबले इनिङको अन्तिम ओभर गर्ने क्रममा ह्याट्रिक लिएका हुन्। अन्तिम ओभरमा चितवनलाई जितका लागि २० रन आवश्यक थियो। उनले अन्तिम ओभरको पहिलो बलमा ऋषि धवनलाई मिलिन्द कुमारमार्फत क्याच आउट गराए। शाहबले दोस्रो बलमा विपिन खत्रीलाई स्टम्प आउट गराए भने तेस्रो बलमा आकाश चन्दलाई मिलिन्द कुमारमार्फत क्याच आउट गराए। शाहबले ओभरका अन्तिम बलमा सागर ढकालको विकेट लिए।

यसअघि एकै खलेमा सबैभन्दा बढी विकेट लिने खेलाडीमा चितवन राइनोजका रञ्जित कुमार थिए। उनले विराटनगर किंग्ससँगको खेलमा चार ओभर बलिङ गर्दै २१ रन खर्चेर पाँच विकेट हात पारेका थिए।

प्रकाशित: १८ मंसिर २०८२ १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast