धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना

हिमाल प्रेस २० मंसिर २०८२ १८:१२
26
SHARES
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना

काठमाडौँ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्।

स्कुल बससहित चारवटा बस, दुईवटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरीले उद्धार गरेको थियो। दुर्घटनापछि सडकमा यातायात अवरुद्ध भएको छ।

दुर्घटनामा दुईवटा बसमा सवार अधिकांश यात्रु घाइते भएको बताइएको छर। घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौँतर्फ पठाइएको र प्रहरीद्वारा दुर्घटनामा परेका सवारीलाई हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ।

प्रकाशित: २० मंसिर २०८२ १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast