गैरहाजिर २० प्रहरीको नाममा सात दिने सूचना

हिमाल प्रेस ११ पुष २०८२ ८:४५ | Friday, December 26, 2025
12
SHARES
गैरहाजिर २० प्रहरीको नाममा सात दिने सूचना प्रहरी

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका २० जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ।

प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानुन शाखाले प्रकाशित गरेको सूचनामा ती कर्मचारीहरू आफूखुसी कार्यालयमा गैरहाजिर रहेको उल्लेख छ।

खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा समेत उनीहरू सम्पर्कमा नआएको सूचनामा बताइएको छ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।

तोकेको समयभित्र हाजिर नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) अन्तर्गत कसुर कायम गरी ऐ. नियमावलीको नियम १०९ को देहाय (ख)(१) बमोजिम सेवाबाट हटाउने कारबाही गरिने सूचनामा उल्लेख छ।

प्रकाशित: ११ पुष २०८२ ८:४५ | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast