नाग्म–गमगढी मार्गमा सात पक्की पुल

हिमाल प्रेस १० पुष २०८२ १८:१५
12
SHARES
नाग्म–गमगढी मार्गमा सात पक्की पुल

जुम्ला- नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ। नाग्म–गमगढी सडकखण्डको ९३ किलोमिटर क्षेत्रमा तीन पक्की पुल निर्माण गर्न अझै बाँकी छ।

जग्गा विवादका कारण तीन पुल निर्माण गर्न ढिला भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधारीले जानकारी दिए। पुल निर्माण हुने स्थानमा स्थानीयवासीको जग्गा परेको छ।

सरकारले जग्गाको मुआब्जा दिने गरेको छैन। ‘बारम्बार जग्गाधनीसँग छलफल गर्दा निश्कर्षमा पुग्न सकिएको छैन। मुआब्जा दिनसके समस्या समाधान हुन्छ,’ उनले भने।

हिमा गाउँपालिका जोड्ने पुल पनि जग्गा विवादका कारण निर्माण कार्य रोकिएको छ। कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाको पुल घरटहराका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन। मुगुको लुम्स पुल निर्माण घर तथा जग्गाका कारण रोकिएको प्रमुख चौधरीले बताए।

स्थानीय सरकारलाई सहजीकरणका लागि आग्रह गरिएको छ। विवादका कारण तीन वर्षदेखि पुल निर्माणमा ढिलाइ भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा पुल निर्माण गर्न रु ४० लाख विनियोजन गरिएको प्रमुख चौधरीले बताए। रासस

प्रकाशित: १० पुष २०८२ १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast