आईसीसी टी–२० विश्वकपमा नेपालको खेल हेर्न सेन्सईले ल्यायो यस्तो योजना

हिमाल प्रेस ४ पुष २०८२ १९:३९ | Friday, December 19, 2025
4
SHARES
आईसीसी टी–२० विश्वकपमा नेपालको खेल हेर्न सेन्सईले ल्यायो यस्तो योजना

काठमाडौँ- घरेलु उपरकरणको ब्रान्ड सेन्सईले आईसीसी टी–२० विश्वकपलाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत भाग्यशाली ग्राहकले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली क्रिकेट टिमको खेल हेर्न पाउनेछन्।

नेपाली क्रिकेटप्रतिको बढ्दो उत्साहसँग आफूलाई जोड्दै सेन्सईले आफ्ना ग्राहकलाई अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले यो योजना अघि सारेको कम्पनीले जनाएको छ।

अभियानअन्तर्गत मुख्य पुरस्कारका रुपमा विजेतालाई पाँच दिने मुम्बई यात्रा प्रदान गरिनेछ। यात्रामा आवास, आवागमन तथा अन्य आवश्यक व्यवस्थासहित वानखेडे स्टेडियमको दर्शकदीर्घाबाट विश्वकपमा नेपाल सहभागी हुने खेल प्रत्यक्ष हेर्ने सुविधान रहने कम्पनीले जनाएको छ।

यस अभियानमा सहभागी हुन सेन्सईका उत्पादनहरू एयर कुलर, वाशिङ मेसिन, शोकेस, टेलिभिजन, भ्याकुम क्लिनर, फ्रिज, चेस्ट फ्रिजरलगायतका सामग्री खरिद गर्ने ग्राहक योग्य हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो अभियान सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीको भनाइ छ।

यस्तो छ योजनामा  सहभागी हुने तरिका

यो प्रतिस्पर्धामा सहभागी हुन सेन्सईको कुनै पनि उत्पादन खरिद गरेका ग्राहकहरूले निम्न एसएमएस ढाँचा पठाएर लकी ड्रमा सहभागी हुन सक्नेछन्:

Sensei [Space] वारेन्टी कार्ड नं. [Space] उत्पादनको नाम [Space] ग्राहकको नाम [Space]

ठेगाना ३१००३ मा पठाउनुपर्नेछ।

यसबाहेक कम्पनीले खरिदमा तत्काल आकर्षक उपहारको व्यवस्थासमेत गरेको छ। मुख्य पुरस्कारभन्दा बाहेक सेन्सई उत्पादनहरूको खरिदमा तत्कालै यी उपहार प्रदान गरिने कम्पनीले जनाएको छ :
फ्रन्ट लोड वाशिंग मेसिन: ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क

सेमी-अटोमेटिक वाशिंग मेसिन: निःशुल्क इलेक्ट्रिक केटली

सिजी टेलिभिजन*: 43″ र त्यसभन्दा माथिका मोडलहरूमा 9 महिनाको निःशुल्क नेटटिभी सदस्यता

प्रकाशित: ४ पुष २०८२ १९:३९ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast