काठमाडौँ- नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ। ११औँ महाधिवेशनको बन्द सत्रअघि केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद भने हटाउने निर्णय गरेको हो।
बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अबको संरचना संख्याबारे पत्रकारलाई जानकरी गराए।
उनले भने, ‘उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव गरी ९ सदस्यीय सचिवालय गरेर १९ सदस्यीय पदाधिकारीको प्रस्ताव केन्द्रीय कमिटिले महाधिवेशनको हलमा लैजाँदैछ। वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएको छैन।’
प्रकाशित: २८ मंसिर २०८२ १४:१९ | Sunday, December 14, 2025
प्रतिक्रिया



