एमाले महाधिवेशनको दोस्रो दिन : धमाधम उम्मेदवारी फारम लिँदै नेताकार्यकर्ता

हिमाल प्रेस २९ मंसिर २०८२ ११:४७ | Monday, December 15, 2025
22
SHARES
एमाले महाधिवेशनको दोस्रो दिन : धमाधम उम्मेदवारी फारम लिँदै नेताकार्यकर्ता

काठमाडौँ- नेकपा एमालेको जारी ११औँ महाधिवेशनको दोस्रो दिन उम्मेदवारहरूले धमाधम उम्मेदवारी फारम लिनेक्रम जारी छ। निर्वाचन आयोगकाअनुसार फारम तीन स्थानबाट वितरण भइरहेको छ।

निर्वाचन आयोगका एक सदस्यका अनुसार हालसम्म करिब एक हजार जनाले उम्मेदवारी फारम लिइसकेका छन्। महाधिवेशन स्थलमा अध्यक्ष केपी शर्मा ओली भने अहिलेसम्म आइपुगेका छैनन्।

यसैबीच, विभिन्न प्रदेशका प्रतिनिधिहरू आफ्नो प्रदेशबाट केन्द्रीय सदस्यमा पठाइने नामका विषयमा छलफलमा जुटेका छन्। प्रदेश प्रतिनिधिहरू छलफलमार्फत सर्वसम्मत नाम पठाउने तयारीमा छन्। तर अधिकांश प्रतिनिधि स्वयं उम्मेदवार बन्न इच्छुक रहेकाले सहमति जुटाउन कठिनाइ भएको उनीहरूको भनाइ छ।

मधेश, कर्णाली, सुदूरपश्चिम, उपत्यका विशेष लगायतका प्रदेशका प्रतिनिधिहरू छलफलमा व्यस्त देखिन्छन्। निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्मको समय तोकेको छ।

प्रकाशित: २९ मंसिर २०८२ ११:४७ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast