काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रमअनुसार प्राप्त प्रस्तावमध्ये केही प्रस्ताव अनुदानका लागि स्वीकृत भएको जनाएको छ।
मन्त्रालयले स्वीकृत विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदान कार्यविधि, २०८२ बमोजिम दफा ६ अनुसार मूल्यांकन गरी छनोट भएका प्रस्तावलाई अनुदान प्रदान गर्ने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार लागत अनुमानमा आवश्यक परिमार्जन गर्नुपर्ने देखिएकाले दफा ८ को उपदफा (६) अनुसार स्वीकृत प्रस्तावकालाई तीन दिनभित्र मन्त्रालयमै उपस्थित भई लागत अनुमान परिमार्जन गरी पुनः पेस गर्न आग्रह गरिएको छ।
मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार सूचना जारी गर्दै अनुदान स्वीकृत भएका प्रस्ताव सम्बन्धित व्यक्तिहरूलाई तोकिएको समयसीमाभित्र प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ।




